नेपाली सेनाले माग्यो २८० जना कर्मचारी

|

भाद्र ०७, डेस्क। नेपाली सेनाले सैनिक साधारण सेवा समुह अन्तर्गतका लागि २८० जना कर्मचारी माग गरेको छ।

सेनाले शुक्रवार सूचना प्रकाशित गर्दै ती पदमा कर्मचारी मागेको हो। सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी)मा पदपूर्ति गर्नका लागि दरखास्त आव्हान गरेका छन्।

नेपाली सेनाले खुलातर्फ १४७ जना, महिला २४ जना, आदिवासी/जनजाती तर्फ ३८ जना, मधेसी तर्फ ३३ जना, दलित १८, पिछडिएको क्षेत्र ६ र सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रूपमा अशक्त नेपाली सैनिकका सन्तती १४ गरी जम्मा २८० पदमा आवेदन खुला गरेको हो।

योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइट http://nepalarmy.mil.np बाट अनलाइन आवेदन दिन सक्नुहुनेछ। आगामी असोज ६ गतेसम्म आवेदन दिन सकिने र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने उक्त सूचनामा उल्लेख गरिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित