भाद्र ०७, डेस्क। हिजो बिहीबार थाइल्यान्डको राजधानी बैंक नजिक एउटा विमान दुर्घटना भएको छ। उक्त विमानभित्र पाइलट सहित जम्मा ०९ जना सवार थिए ।
विमानमा सवार सबैजनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । दुर्घटना भएको स्थान नजिकैको नदीमा बाढी आएकोले खोजी कार्यमा अवरोध आएको थियो ।
अहिलेसम्म दुर्घटनाको कारण स्पष्ट रुपमा खुलेको छैन । यस दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको हो ।






