“टिकटक” माथिको प्रतिबन्ध हटाउने तयारी गर्दै नेपाल सरकार

|

भाद्र ०६, डेस्क। नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक संजाल “टिकटक” माथिको प्रतिबन्ध हटाउने तयारी गरिरहेको छ।

सञ्चार मन्त्रालयका अधिकारीहरूले दिएको जानकारीअनुसार बुधवार मन्त्रालयले केही सर्तहरूसहित “टिकटक” माथिको प्रतिबन्ध हटाउने निर्णय गरेर त्यसलाई मन्त्रिपरिषद्‌मा पठाएको छ।

उनीहरूले दिएको जानकारीअनुसार आज बिहीवार साँझ बस्ने मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई अनुमोदन गरेपछि “टिकटक” माथिको प्रतिबन्ध औपचारिक रूपमा हट्नेछ। बिहीबार क्याबिनेटले निर्णय गरेसँगै देशभर प्रतिबन्धित भएको एप “टिकटक” सहज रुपमा चल्नेछ।

क्याबिनेट निर्णयसँगै मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई “टिकटक” माथिको प्रतिबन्ध हटाउन पत्र लेख्नेछ। लगत्तै, बिहीबारबाटै“टिकटक” चल्ने सञ्चार मन्त्रालय निकट स्रोतले जानकारी दियो।

सरकारले “सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको” भन्दै गत वर्ष नोभेम्बर दोस्रो साता नेपालमा “टिकटक” एपमाथि प्रतिबन्ध लगाएको थियो।

 

चर्चित समाचार


भर्खरै प्रकाशित