बालिका बलात्कारका आरोपी पक्राउ

|

भाद्र ४,डेस्क। एघार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बासगढी नगरपालिका–८ बेलौली गाउँस्थित खडगदेवी सामुदायिक वनमा लगेर बलात्कार गरेको आरोपमा बासगढी–४ का २७ वर्षीय नारायण चौधरीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय,मोतीपुरले जनाएको छ ।

‘माछा मार्न गएका चौधरीले आफ्नो मोबाइल हेर्न दिई पीडितसँग फोटो खिचेका थिए,’ ईप्रका मोतीपुरका प्रहरी निरीक्षक रुपेश साहले भने, ‘पीडितलाई ललाइफकाइ सामुदायिक वनमा बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरिएको छ ।’

चौधरीविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित