साउन ३१, डेस्क । अवैध लागू औषध ब्राउन सुगरसहित आठ जना पक्राउ परेका छन।
मंगलबार साँझ प्रहरी बिभाग कोटेश्वरको टोलीले उनीहरुलाई कोटेश्वरबाट पक्राउ गरेको हो। उनीहरुबाट ३३.७६ ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
पक्राउ पर्नेहरुमा ललितपुरको च्यासलका २७ वर्षीय रफिस अवाले, काभ्रेको नमोबुद्ध नगरपालिका–१२ का १९ वर्षीय रिसफ श्रेष्ठ, मोरङको कानेपोखरी गाउँपालिका–५ का २१ वर्षीय रेमन राई, मोरङको बेलबारी नगरपालिका–९ का ३३ वर्षीय अमित कुमार चौधरी, बेलबारी-४ का ३६ वर्षीय प्रमोद राई, पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ का २८ वर्षीय मेहरमान भुजेल, पाँचथरको फिदिम नगरपालिका–१ का २७ वर्षीय टिम्पल तामाङ र पाँचथरकै फाल्गुनन्द गाउँपालिका–५ का २९ वर्षीय भीमकुमार चेम्जोङ छन् ।
उनीहरुबाट लागु औषध ट्रामाडोल ८ ट्याबलेट पनि बरामद भएको छ। मोटरसाइकल, स्कुटर, ५५ हजार २ सय नगद, १४ थान मोबाइल, आईप्याड, लागु औषध तौल गर्ने डिजिटल तराजु पनि बरामद भएको छ । पक्राउ परेकाहरुविरुद्ध लाग औषधको कसुरमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट अनुसन्धान सुरु भएको छ ।






