साउन ३०, डेस्क। महोत्तरी जिल्लाको भंगहा नगरपालिकामा कार्यरत कर्मचारी माथी हातपात भएको भन्दै कार्यालयका कर्मचारीले कार्यालयको कामकाज ठप्प पारेका छन् ।
सोमबार भंगहा नगरपालिकामा कार्यरत अधिकृत छैठौं तहका कर्मचारी सूर्य नारायण ठाकुर माथि कार्यकक्षमै हातपात गरेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् । कार्यालयमै कर्मचारीमाथि हातपात भएको विरोधमा उनीहरुले हिजो मंगलबारको काम ठप्प पारेर विरोध गरेका हुन् ।
घटनाको छानबिन गरी दोषीमाथि कारबाही नहुन्जेलसम्म नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पूर्ण कामकाज ठप्प रहने चेतावनी कर्मचारीले दिएका छन्।






