मोरङ : हात्तीको बच्चा मृत भेटिएपछि एक जना पक्राउ

|

साउन ३०, डेस्क। मंगलबार मोरङको बेलबारी नगरपालिका-०३ मा मृत भेटिएको हात्तीको बच्चा (छावा) विद्युतीय धरापले मरेको भन्दै एक जना पक्राउ परेका छन् ।

प्रारम्भिक अनुसन्धाका क्रममा न्याउरीमुसोका लागि थापेको विद्युतीय धरापमा परेर हात्ती मरेको देखिएको प्रहरीले जनाएको छ । पासो थापेको आरोपमा बेलबारी नगरपालिका ३ का ४६ वर्षीय तेजबहादुर राई पक्राउ परेका छन् ।

उनलाई कारवाहीका लागि वन कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नतले बताए । उनीविरुद्ध वन कार्यालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत अनुसन्धान सुरु गरेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित