साउन ३०, डेस्क। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. मुकुल ढकाललाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। रास्वपाले साधारण सदस्यबाट समेत हटाउने तयारी स्वरूप स्पष्टीकरण सोधेको हो ।
पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीविरुद्ध नियोजित रूपमा निरन्तर सक्रिय रहेको भन्दै पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने ? तपाईँको साधारण सदस्यता किन खारेज गर्नु नपर्ने ? भन्दै २४ घण्टाभित्र जवाफ दिन भनेका छन् ।







