घट्यो सुन चाँदीको मुल्य

|

साउन ३०, डेस्क। आज नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

मंगलबार प्रतितोला दुई हजार एक सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज प्रतितोला तीन सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १७ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित