साउन २९, डेस्क। आज मंगलबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।
आजको लागि एक अमेरिकी डलरको खरिद दर १३४ रूपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६६ पैसा तोकिएको छ। यो मूल्य हालसम्मकै उच्च मुल्य हो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार युरोपियन युरो एकको खरिदमा भने १४६ रूपैयाँ ४१ पैसा र बिक्रीमा १४७ रूपैयाँ ०६ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७१ रूपैयाँ ०९ पैसा र बिक्रीदर १७१ रूपैयाँ ८६ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ४७ पैसा र बिक्रीमा ८८ रूपैयाँ ८७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ६७ पैसा र बिक्रीमा ९८ रूपैयाँ ११ पैसा पाइन्छ।
यस्तै, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार ३० रूपैयाँ ०९ पैसा र बिक्रीमा ३० रूपैयाँ २२ पैसा पाइन्छ।
मंगलबार कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ ६२ पैसा र बिक्रीमा ४३९ रूपैयाँ ५८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ६७ पैसा र बिक्रीदर ३५७ रूपैयाँ २६ पैसा तोकिएको छ।
कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८७ पैसा तोकेको छ।





