मोरङ : अन्दाजी चार वर्षीय हात्ती मृता फेला

|

साउन २९,डेस्क। मोरङमा एउटा हात्ती मृतअवस्थामा फेला परेका छन्। मोरङको बेलबारी–३ करमडाँडास्थित अन्दाजी तीनदेखि चार वर्षको हात्ती मृतावस्थामा भेटिएको छ।

सबडिभिजन वन कार्यालय बेलबारी, इलाका प्रहरी कार्यालय बेलबारी र सशस्त्र प्रहरी बल बेसक्याम्प लक्षीमार्गकोे टोलीले घटनास्थल पुगेर मुचुल्का उठाउन सुरु गरेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख हेमन्त पराजुलीले जानकारी दिएका हुन्।

छावाको मृत्युको कारण भने खुल्न नसकेको उनले बताए। साथै यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित