आज साउनको अन्तिम सोमवारी, जनकपुरधाममा व्रतालुको घुइँचो

|

साउन २८, जनकपुरधाम । आज साउन महिनाको अन्तिम सोमबार भएकोले सोमवारी गर्ने व्रतालु महिला तथा युवतिहरुको जनकपुरधाम लगायत आसपासका विभिन्न शिवालयहरुमा घुइँचो लागेका छन ।

साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ । त्यस्तै आज बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो लागेका छन ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भन्ने आशाका साथ पनि सोमबार व्रत बस्ने चलन बढी छ।

आजको दिनमा महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहदै आएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

जनकपुरधामको शिवचोक स्थित रहेको शिव मन्दिर, जनकचोकमा रहेको शिव मन्दिर, कपिलेश्वरमा रहेको कपिलेश्वरनाथ महादेव मन्दिर लगायत आसापासका क्षेत्रहरुमा रहेको शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित