सुनको भाउ बढ्दा घट्यो चाँदी

|

साउन २७, डेस्क। आज आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको छ ।

शुक्रबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला सात सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । अघिल्लो दिन प्रतितोला १७३० रुपैयाँ रहेको चाँदी यस दिन १७२० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित