साउन २७, डेस्क। जनकपुरधामको प्रख्यात शिक्षण सँस्थान रहेको मोडेल मल्टिपल कलेजका सँस्थापक बीरेन्द्र साहको जीवनीसहितको पुस्तक “खुसी–वीरेन्द्रक यात्रा कथा” नामक पुस्तकको आवरण सार्वजनिक गरिएको छ ।
सँचारकर्मी एवम् लेखक सुजीत कुमार झाद्वारा लिखित मैथिली पुस्तक खुशीको आवरण हिजो शनिबार एक समारोहबीच पुस्तकको आवरण सार्वजनिकीकरण गरिएको हो । सो पुस्तकको आवरण कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम स्तिथ रहेका राम मन्दिरका महन्थ राम गिरीले सार्वजनिक गरेका हुन् । झाद्धारा लिखित सँस्थापक साहको सँघर्षको कथालाई उक्त पुस्तकमा समेटिएको छ ।

जनकपुरधाम क्षेत्रको शैक्षिक सँस्थानमा साहले दिएको योग्दान र उनको सँघर्षलाई पुस्तकमा दर्साएको लेखक झाले बताएका छन् । उक्त कार्यक्रममा आफूलाई केन्द्र बनाएर पुस्तक लेखिएकोमा कलेजका संस्थापक साहले खुशी व्यक्त गरेका छन्। उनले आफू जनकपुरधाममा शिक्षाको क्रान्ति ल्याउने अभियानमा लागेको र सो अभियानमा संचारकर्मी झाद्वारा लिखित यो पुस्तक सहायक साबित हुने विश्वास व्यक्त गरेका छन्। साथै यो पुस्तकले आफ्नो यो अभियानमा थप उर्जा प्रदान गरेको साहले बताएका छन् ।
मोडेलखबरका सल्लाहकार एवं प्राध्यापक डा. सुरेन्द्र लाभले पुस्तकको लेखक झालाई कलमवीर तथा पुस्तकको केन्द्रबिन्दु साहलाई कर्मवीरको संज्ञा दिए । उनले दुवै व्यक्तित्व आ–आफ्नो क्षेत्रमा अविराम भएर लागेकोमा प्रशंसा व्यक्त गरे । पुस्तकका लेखक झा निरन्तर आफ्नो पुस्तक प्रकाशन तर्फ केन्द्रित रहेको र पुस्तकका केन्द्र बिन्दु साह शिक्षा अभियानमा निरन्तर लागेको र निरन्तर संघर्षरत रहेकाले एकलाई कलमवीर तथा अर्कालाई कर्मवीरको संज्ञा दिएको बताए ।
पुस्तकका लेखक झाले खुशी पुस्तकमा मोडेल कलेजका संस्थापक वीरेन्द्र साहको संघर्ष, जीवन तथा अनुभवलाई पृष्ठभूमि बनाएर तयार पारिएको बताए । पुस्तक एक सातापछि अनावरण गरिने उनले जानकारी दिए । कार्यक्रममा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, रामयुवा कमिटीका पूर्व अध्यक्ष प्रमोद चौधरी, अभियानी सुरेश शर्मा, साहित्यकार मनोज प्रमेश, बरिष्ठ साहित्यकार रोशन जनकपुरी, नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार लगायतका व्यक्तित्वहरुले आ–आफ्नो धारणा राखेका थिए ।





