सुनको मूल्य बढ्यो

|

साउन २५, डेस्क । आज साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ।

अघिल्लो दिन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै शुक्रबार तेजाबी सुन तोलामा १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।

यसैबीच चाँदी तोलामा १ हजार ७३० रुपैयाँमा कारोबार भएको छ।  अघिल्लो दिन चाँदी तोलामा १ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित