साउन २३, महोत्तरी । महोत्तरीको लोहारपट्टी नगरपालिका–०३ महदैयामा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जुमराती राइनका १० बर्षीय छोरा साकिर राइन रहेका छन् । हिजो बिहान आफ्नो आफन्तको बिहेमा आएको र त्यहि बिहेको सजावटको लागि लगाइएको नाङ्गो तारमा करेन्ट लागेर घटना स्थालमा नै मृत्यु भएको थियो ।
मृतकको बाजेको अनुसार (डी.जे.) लाइटबालाले लापरवाही तरिकाले तारहरु नाङ्गो छाडेर राखेको कारण मेरो नाती त्यसमा छुन गयो र तत्काल करेन्ट लागेर उनको मृत्यु भयो।
उनले लाइट (डी.जे.) बालाको लापरवाहीले मेरो नातिको ज्यान गएको बताए। उनलाई पटक पटक मेरो घरमा बच्चाहरु छन् तारलाइ राम्रो तरिकाले ब्यबस्थित गरि लाइट बाल्नुस भन्दा पनि नाङ्गै छोडेर राखेको थियो।






