जनकपुरधामको एक पोखरीमा भारतीय पुरुषको शव फेला, घटना शंखास्पद

|

साउन २२, डेस्क । जनकपुरधामको एक पोखरीमा एक जनको शव फेला परेको छ ।

जनकपुरस्थित पाकबतीसर पोखरीमा एक भारतीय पुरुषको शव फेला परेको धनुषा प्रहरीले जनाएको छ । जनकपुरधाम उपमहानगरपालिका वाडा नम्बर ८ स्थित पाकबतीसर पोखरीमा मंगलवार साझ पानीमा तैरिरहेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीका अनुसार मृतक भारतको सितामढी वार्ड ३५ थाना ग्राम डुम्रा जिल्ला सितामढी बस्ने अन्दाजी ४६ वर्षका राजेश रन्जन मनी झा रहेको बताएका छन ।

उनको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको र यस घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित