एकैदिन प्रतितोला २३ सय रूपैयाँ घट्यो सुनको भाउ

|

साउन २२, डेस्क। नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनेको सुन मंगलबार तोलामा २३०० रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार रुपैयाँ रहेको सुनको भउ आज १ लाख ४७ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको भाउ पनि अघिल्लो दिनको तुलनामा ६० रुपैयाँ घटेको छ । आज प्रतितोला चाँदीको भाउ १७२५ रुपैयाँ छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित