साउन १४,जनकपुरधाम। सिराहाका प्रतिष्ठित शिक्षक मनोज कुमार सिंह जनमत पार्टीमा प्रवेश गरेका छन् ।
जनकपुरधाम स्थित जनमत पार्टीको केन्द्रिय सचिवालयको कार्यलयमा पुगेर उनले पार्टी प्रवेश गरेका हुन् ।
मधेश प्रदेशका वन मन्त्री त्रिभुवन साहले सिंहलाई सदस्यता दिदै खादा र अविर लगाएर पार्टीमा गराएका हुन् । मन्त्री साहले उनको आगामी राजनीतिक यात्रा सुखद रहोस् भन्ने शुभकामना समेत दिएका छन् ।
यो भन्दा पहिला उनि शिक्षकको पेसमा आफ्नो धर्म निर्वाह गर्दै आएका थिए। भने अहिले उनि देशको सेवा गर्नको लागि राजनीतिक यात्रा तय गर्न जनमत पार्टी रोजेको सिंहले जानकारी गराएका हुन्।





