धनुषामा कुटपिट गरी एकजनाको हत्या, एक गम्भीर घाइते

|

साउन १५,डेस्क। धनुषाको धनुषाधाम नगरपालिका–२ मंगलपुरमा कुटपिट गरी एक जनाको हत्या भएको छ ।

बिहान साढे ११ बजे घरमै कुटपिटबाट गम्भीर घाइते भएका स्थानीय ४५ वर्षीय भोगेन्द्र ठाकुरको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।
धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाका अनुसार उनकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुर घाइते भएकी छिन् । सोमबार स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखियाको कुटपिटबाट ठाकुरको मृत्यु भएको र उनकी श्रीमती घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

प्रहरीले कुटपिटमा संलग्न आमा–छोरालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित