मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

|

साउन १४, डेस्क। देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँकेको कोहलपुर घर भई हाल दाङको घोराही बस्ने पोक्सरबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिएका छन्।

रा ३ प ७११४ नम्बरको मोटरसाइकलमा तुलसीपुरदेखि अमिलिया हुँदै लमहीतिर आउँदै गर्दा मोटरसाइकल अनियन्त्रित आज बिहान साढे बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका सुनारको लमही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित