पोखरामा स्कुल बस दुर्घटना अपडेट : आमाछोराको मृत्यु

|

साउन १४, डेस्क। पोखरामा भएको स्कुल बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भने अन्य २८ जना घाइते भएका छन् ।

आज साेमबार बिहान करिब ९ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर २१ कृस्तीमा एलपी देवकोटा मेमोरियल इंग्लिस स्कुलको बस विद्यार्थीसहित दुर्घटनामा परेको हो। उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य घाइते भएका छन्।

दुर्घटनामा मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका ३३ वर्षीय आरती विकका छोरा ६ वर्षीय प्रिन्सु विकको पनि  गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिएका छन् । साथै यस घटनाबारे थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित