बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

|

साउन १४, डेस्क। आज (सोमबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य फेरी बढेको छ।

आइतबार प्रतितोला एक हजार रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला चार सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ४६ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

आज चाँदीको मूल्य १० रूपैयाँ बढेर प्रतितोला एक हजार सात सय ५० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित