साउन १३, डेस्क। नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा एक हजार रूपैयाँ बढेर छापावाल सुन प्रतितोला एक लाख ४५ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आज प्रतितोला १० रूपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला १७४० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।





