साउन १३, डेस्क। दार्चुलामा एक किशोरी महाकाली नदीमा हामफालेर बेपत्ता भएकी छन् ।
हिजो शनिबार साँझ तटबन्धनको पर्खालमा उभिएकी महाकाली नगरपालिकाको खलंगास्थित महाकाली नदीमा हामफालेर दुहु गाउँपालिका–४ थारा बस्ने १७ वर्षीया किशोरी धनिसा कुँवर बेपत्ता भएकी हुन् ।
प्रहरीले रोक्न खोज्दाखोज्दै उनले महाकालीमा हामफालेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र सिंहले जानकारी दिएका छन्।
नदी छेउमा धेरै मानिसहरू उपस्थित थिए तर किशोरीले आफूछेउ नआउन चेतावनी दिएकी थिइन् । छेल पारेर उनी नजिक पुगेका सुरक्षाकर्मीले समात्नै लाग्दा किशोरी महाकालीमा हामफालेकी हुन् । उनको खोजी गरिएपनि भेट्न नसकिएको प्रहरीले जनाएको छ ।
आइतबार बिहानैदेखि खोजीकार्य भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए। भने के-कारणले नदिमा हामफालेको भने अहिले खुलेको छैन।





