कीर्तिपुरका नगरप्रमुख राजकुमार नकर्मीको निधन

|

साउन ११, डेस्क। कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ ।

मिर्गौला रोगका बिरामी नकर्मीको उपचारका क्रममा वीर अस्पतालमा गएराति निधन भएको कीर्तिपुर नगरपालिका उपप्रमुख शुभलक्ष्मी शाक्यको सचिवालयले जनाएको छ।

उनको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म नगरपालिकामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कार गरिने नगरपालिकाका सूचना अधिकारी प्रकेशचन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

मेयर नकर्मी नेपाली काँग्रेसको तर्फबाट विजयी भएका थिए ।

चर्चित समाचार


भर्खरै प्रकाशित