साउन ११, डेस्क। आज साताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
साउन २ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १७५० रुपैयाँमा कारोबार भएको चाँदी आज १७३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।





