
साउन १०, साजन यादव। मधेशमा रहेका वनहरुको अवस्था दिनानु दिन नाजुक वन्दै गइरहेका वेला वन तथा वातावरण मन्त्रालयलाई चिन्ता पैदा हुन थालेको छ । संरक्षण क्षेत्रभित्रकै वनहरु संरक्षण नभएको, त्यसमाथि सामुदायिक वन त झनै संकटमा परेको वेला वन तथा वातावरण मन्त्रालयका नवनियुक्त मन्त्रि माननिय त्रिभुवन साह तत्काल आफै फिल्डमा उत्रिएका छन् । उक्त मन्त्रालय उनको नेतृत्वमा आउने बितिकै वन तस्करहरुलाई धपाउन उनको छड्के सुरु भएको छ।
आज महेन्द्र राजमार्गस्थित रौतहट जिल्लामा वन विनाश गर्ने, रुख काठ काट्ने क्रममा वन तथा वातावरण मन्त्री आफै काठ तस्करहरुलाई फेला पारी डिभिजन वन कार्यालय रौतहटलाई जिम्मा लगाएको छ।
मधेशमा रहेका सामुदायीक वनहरुको राम्रोसँग ब्यवस्थापन हुन नसक्दा र वढ्दो रुपमा भैरहेको अवैद काठचोरी तस्करीका कारण सामुदायिक वनहरुको अवस्था झन नाजुक वन्दै गईरहेको छ । सामुदायिक वनहरुको राम्रोसँग ब्यवस्थापन हुन नसक्दा स्थानिय समुदाय हालसम्म अपेक्षाकृत लाभ प्राप्त गर्न सकेको छैन ।
अब फेरी त्यस्तो कार्य नगर्न मन्त्रालयले चेतवानी दिएको छ। वनलाई असर गर्ने कार्य गरेमा तत्काल समातेर कानुन अनुसारको कारवाही अगाडी बढाउन डिभिजन वन कार्यालयहरुलाई निर्देशन समेत दिएका छन्।