साउन १०, डेस्क । अत्याधिक तापक्रमका कारण दक्षिणी पाकिस्तानमा एक लाखभन्दा बढी विद्यालयहरु बन्द भएका छन् ।
गर्मी बढिरहेकाले विद्यालयहरूको गृष्मकालीन बिदा दुई हप्तासम्म लम्बिने भएको हो । पाकिस्तानको केही क्षेत्रमा ५० डिग्रीभन्दा धेरै तापक्रम पुगेकाले सिन्ध प्रान्तका केही क्षेत्रमा विद्यालयहरुले १ महिना अघिदेखि बिदा दिन थालेका थिए ।
जलवायु परिवर्तनका कारण तातो हावा अर्थात् “लु” धेरै चल्न थालेपछि मंगलबारदेखि यहाँका विद्यालय थप दुई साता बन्द हुने भएका हुन् । सिन्ध प्रान्तका शिक्षा विभागका अनुसार बालबालिकाको हितका लागि विद्यालयहरूलाई थप १४ दिनका लागि बन्द गर्ने निर्णय गरिएको हो ।
विद्युत् आपूर्ति सङ्कटका कारण १२ घन्टासम्म लोडसेडिङ हुँदा पनि गर्मी धेरै खेप्नु पर्ने स्थानीयले बताएका छन् ।





