हेटौंडामा एक दम्पती आफ्नै घरमा मृत अवस्थामा फेला

|

साउन १०, डेस्क । हेटौंडामा एक दम्पती आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।

हेटौंडा उपमहानगरपालिका–५ भैरवरोडको चिसापानी स्थित घर भएका ६२ वर्षीय केशव भण्डारी र उनकी श्रीमती ५६ वर्षीया अम्बिका भण्डारी बुधबार मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार केशव पंखा झुन्ड्याउने फलामको हुकमा नाइलनको डोरीको पासो लगाइ झुन्डिएको अवस्थामा र उनको श्रीमती अम्बिकाको घाँटीमा धारिलो हतियार प्रहारबाट हत्या गरिएको अवस्थामा फेला परेका थिए ।

घटनाको अनुसन्धान गर्न मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजालको नेतृत्वमा अनुसन्धान टोली खटिएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित