साउन ०९, डेस्क । सौर्य एयरलाइन्सको विमान दुर्घटनास्थलको निरीक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओली घटना स्थल पुगेका छन । साथै दुर्घटनास्थलको निरीक्षण गर्न गृहमन्त्री रमेश लेखक पनि पुगेका छन्।
काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज आज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो । उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएको उनलाई अस्पताल लगिएको छ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





