दुर्घटना भएको सौर्य एयरलाइन्समा १९ जना सवार रहेको खुलासा

|

साउन ०९, डेस्क । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज आज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो ।

काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एन-एएमई जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो ।

विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । विमानमा १९ जना सवार रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । क्याप्टेन शाक्यको उद्दार गरी उपचारका लागि अस्पताल लगिएको छ । विमान पुरै आगजनी भएको छ । उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित