रौतहटमा मोहर्रम पर्व मनाउने क्रममा झडप, १९ जना प्रहरी घाइते

|

साउन ०४, डेस्क। रौतहटमा मुस्लिम समुदायको ताजिया मोहर्रम पर्व मनाउने क्रममा झडप हुँदा १९ जना सुरक्षाकर्मी घाइते भएका छन्।

रौतहटको राजपुर नगरपालिकाको कुडिया गाउँमा मोहर्रम पर्व मनाउने क्रममा भएको झडपमा १९ जना सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताएका छन् । राजपुर नगरपालिका-६ कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा उत्पन्न विवादको कारण झडप भएको थियो।

केही युवाहरू उच्छृंखल भइरहँदा प्रहरीले माइकिङ गरेर शान्त रहन आग्रह गरेका थिए। सोही क्रममा सुरक्षाकर्मीमाथि ढुंगा प्रहार भएपछि स्थिति तनावग्रस्त बनेको थियो। जसबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीका २ गरी जम्मा १९ जना सुरक्षाकर्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

दाहा मनाउने क्रममा हजारौ भन्दा बढी मुस्लिम समुदायका मानिसहरुको उपस्थिति थियो। स्थिति नियन्त्रणमा लिन ठुलो संख्यामा प्रहरी टोली परिचालन गरिएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र हवाइ फायर गरेको डीएसपी दीपेन्द्र पञ्जियारले बताएका छन् ।

नेपाल प्रहरीका रौतहट प्रमुख एसपी दिलीप घिमिरे र सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईँको संयुक्त कमान्डमा सुरक्षाकर्मी परिचालित भएका थिए। घाइते सबै प्रहरीको सामान्य उपचारपछि कार्यालय पठाइएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित