प्रहरीको गाडी पल्टिँदा ३० जना घाइते

|

साउन ०२,डेस्क। विराटनगर–१५ भट्टीमोडमा प्रहरीको गाडी पल्टिदा घाइते भएका सबैको अवस्था खतरामुक्त रहेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घाइते ३० मध्ये ५ जना गम्भीर घाइते देखिएको भएपनि सबैको अवस्था खतरामुक्त रहेका छन् । बुधबार साँझ मोरङ जिल्ला प्रहरीबाट इलाका प्रहरी कार्यालय रानीमा थप मद्दत माग भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोली चढेको गाडी दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार धेरै घाइतेहरुको डिस्चार्ज भइसकेको छ ।

मुस्लिम सामुदायको ‘मोहरम’ पर्व सुरु भइरहेको छ । उक्त पर्वको सुरक्षाको लागि मोरङ प्रहरीले थप मद्दत माग भएपछि प्रदेश प्रहरी तालिम केन्द्रबाट टोली परिचालन भएको थियो । भट्टीमोडको टर्निङमा स्कुलबाट आएका विद्यार्थीहरूलाई जोगाउन खोज्दा गाडी दुर्घटना भएको प्रारम्भीक जानकारी आएको प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले जानकारी दिए ।

चर्चित समाचार


भर्खरै प्रकाशित