बारामा बिहान यात्रुवाहक बस दुर्घटना हुदा १७ जना घाइते

|

साउन १,डेस्क। बारामा आज मंगलबार बिहान यात्रुवाहक बस दुर्घटना हुदा १७ जना घाइते भएका छन्।

आज बिहान करिब १० बजे जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ भुलहीमा बस पल्टिँदा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दधिराम न्यौपानेले जानकारी दिएका छन्।

भैरहवादेखि वीरगन्ज जाँदै गरेको ना ७ ख ६०७६ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर पल्टिएको न्यौपानेले बताएका छन्। उक्त बसमा जम्मा २२ जना सवार भएका थिए। जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। ७ जनाको अवस्था मध्यम र ७ जना सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पठाइएको र बस चालक सागर न्यौपानेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित