असार ३०, डेस्क। आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
आज छापावाल सुन स्थिर रह्दै प्रतितोला एक लाख ४६ हजार ७ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४६ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज चाँदीको मूल्य भने २५ रुपैयाँले घटेर प्रतितोला १८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





