असार २८, डेस्क। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त भएका छन्।
आज शुक्रबार प्रचण्डले संविधानको धारा १००(२) बमोजिम प्रतिनिधि सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावका पक्षमा बहुमत नआएपछि उनी पदमुक्त भएका हुन्। बहुमतका लागि १३८ जना सांसदको साथ चाहिन्छ।
शुक्रबार २५८ जना सांसद उपस्थित रहेकोमा प्रधानमन्त्रीको प्रस्तावका पक्षमा जम्मा ६३ मत परेको छ भने विपक्षमा १९४ मत परेको सभामुख देवराज घिमिरेले बताएका छन् । प्रस्तावमा मत दिन्न भन्नेमा जम्मा १ मत परेको छ। यो कुल खसेको मतमध्ये २४.४१ प्रतिशत मत हो ।





