सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

|

असार २८, डेस्क । आज नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य आज एकैदिन तोलामा १८०० रुपैयाँले बढेको छ ।

यसै सँगै आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च मुल्य हो । हिजो बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

भने आज तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य पनि बिहीबारको तुलनामा तोलामा १५ रुपैयाँले बढेर एक हजार ९०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित