रौतहटमा जन्ती बोकेको यात्रुवाहक बस पल्टिदाँ दुई जनाको मृत्यू, १२ घाइते

|

असार २८, डेस्क । रौतहटमा जन्ती बोकेको यात्रुवाहक बस पल्टिदाँ दुई जनाको मृत्यू भएको छ । भने अन्य १२ घाइते भएका छन ।

रौतहट जिल्लाको गढीमाई नगरपालिकाको वडा नम्बर ६ सिँगारमन धर्मपुरस्थित जन्ती बोकेको बस पल्टिदाँ दुई जना जन्तीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जिल्लाको देवाहिगोनाहि नगरपालिकाको धरहरीबाट जन्ती बोकी सर्लाहि जिल्लाको चक्रघाटा भएर घर फक्रिने क्रममा अचानक सो ठाउँमा बस अनियन्त्रित भई सडकको छेउमा रहेको नहरमा पल्टिएको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई स्थानिय अस्पतालमा उपचार भईरहेको छ भने दुवै जनाको शव पोस्टमार्टमको लागी प्रादेशिक अस्पताल गौरमा लगिएको हो । साथै यस घटनाबारे थप विवरण आउन बाँकी नै रहेको छ। र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित