असार २४, डेस्क। रौतहटमा एक जनाको खोला किनारमा शव फेला परेको छ ।
रौतहटको यमुनामाई गाउँपालिका ४ स्थित साँझ खोला किनारमा पनि आज एक जना अपरिचित ३० बर्सिया महिलाको शव फेला परेको छ।
स्थानीयको सूचनाको आधारमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बेलबिछावा र हेक्वाबाट गएको संयुक्त टोलीले महिलाको शव पनि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताएका छन । साथै यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको हो।





