मधेश प्रदेशमा मात्र अहिले सम्म २५.५ प्रतिशत धान रोपाइँ

|

असार २४, डेस्क। देशभरी ५ लाख ३९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ ।

यसवर्ष देशभर १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ । सोमध्ये अहिले सम्म ५ लाख ३९ हजार ७६६ हेक्टर (३८.६ प्रतिशत) रोपाई सम्पन्न भएको कृषि विभागले जनाएको छ ।

मधेश प्रदेशमा ३ लाख ८३ हजार १५० हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएपनि हालसम्म जम्मा २५.५ प्रतिशत अर्थात ९७ हजार ८५१ हेक्टरमा क्षेत्रफलमा मात्रै रोपाइँ हुन सकेको हो । गत वर्ष असार २४ सम्ममा देशभर ४२ प्रतिशत रोपाइँ भएको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित