असार २२, डेस्क। दाङको लमहीमा राप्ती नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। भने दुई जनाको उद्धार भएको छ।
राजपुर गाउँपालिका – २ का १८ वर्षीय राजकुमार यादवलाई राप्तीको बाढीले बगाउँदा बेपत्ता छन्। भने दुई जनाको सकुशल उद्धार गरिएको छ।
दूध बिक्री गर्न लमही गएका तीनजना मध्ये राजपुर गाउँपालिका २ का १८ वर्षीय राजकुमार यादव फर्किने क्रममा बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्याल अमेलिका प्रमुख प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठ बेपत्ता युवकको खोजीको प्रयास जारी रहेको बताएका छन्।
उनीसंगै रहेका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने उद्धार भएको छ। नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले दुई जनालाई उद्धार गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताएका हुन्।





