असार २१, डेस्क। मनसुनजन्य विपदमा परी २८ जनाले ज्यान गुमाएका छन्। भने अन्य २५ जना घाइते भएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मनसुनजन्य विपदबाट ४६ घर पूर्ण क्षति र ३६ घर आंशिक क्षति भएका छन्। चालु आवमा हालसम्मका मनसुनजन्य विपद्का विवरण प्रस्तुत गर्दै उनले पहिरोबाट २४ जनाको मृत्यु भएको, १९ जना घाइते भएका तथा बाढीबाट चारजनाको मृत्यु भएको, एकजना बेपत्ता भएका र दुईजना घाइते भएका जानकारी दिएका छन्।
भारी वर्षाका कारण चार जना घाइते भएका छन्। चट्याङका ९३ वटा घटनामा परी १९ को मृत्यु भएको तथा ३५ घाइते भएका छन्। हालसम्म चट्याङबाट ३२ जिल्ला प्रभावित भएका उनले जानकारी दिए। सबै विपद्का घटनाबाट एक सय ७१ चौपायाका मरेका छन्।
विपद् व्यवस्थापनका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ तयार गरी कार्यान्वयनमा ल्याइएको मन्त्री अर्यालले जानकारी दिए।





