असार १८, डेस्क। अविरल वर्षाका कारणले महोत्तरीमा एउटा घर भत्किदा दुई जना घाइते भएका छन्।
महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नम्बर ३ नवराजपुरमा स्थानीय लक्ष्मण महतोको घर भत्किदा श्रीमान र श्रीमती घाइते भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
सोमबार राति देखि भईरहेको अविरल वर्षाको कारणले घर भत्किएको पीडितले बताएका छन् । घर भित्र दुवै जना सुतिरहेको बेला आज मंगलबार बिहान करिब ३ बजेको समयमा घर भत्किँएको महतोले बताएका छन्। घाइते भएका दुवै जनालाई स्थानीयहरुले उपचारका लागि गौशाला नगरपालिका ४ स्थित रहेको गौशाला प्राथमिक स्वास्थ केन्द्र लागिएको महतोले बताएका छन्।
“मेरो श्रीमान आखाँ देखि आपंग छ, आफु स्थानीयहरुको खेत र घरमा काम गरेर आएको पैसाबाट घर चलाउने गरेको उनकी श्रीमती तेतरी देवी महतो बताएकी छिन्। यस घर भित्र लक्ष्मण महतो र उनकी श्रीमती तेतरी देवी महतो बस्दै आएका थिए। महतो गरि खाने ब्यक्ति रहेको छ भने महतोको कुनै सन्तान नरहेको र उपचारका लागि र घर बनाउनका लागि महतोले अपिल र आग्रह गरेका छन् ।
उक्त घर भत्किएपछि आफुलाई बसोबास गर्न एकदम कठिनाइ भइरहेको महतोकी श्रीमती तेतरी देवीले बताएकी छिन्। “अहिले छिमेकिको घरमा बसोबास गर्दैछु” हामीलाई अहिले सम्म कुनै पनि संघ–संस्थाले सहयोग नगरेको महतोकी श्रीमती तेतरी देवीले बताएकी छिन्।





