पोखरीमा दुईजना बालक मृत अवस्थामा फेला

|

असार १८,डेस्क। पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ। सिरहाको नरहा गाउँपालिका ३ खोरियाटोलका शुशील मण्डलको छोरा ६ वर्षीय राहुल मण्डल र सुशील मण्डलकै भान्जा करिब ८ वर्षीय आशिष मण्डलको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

हिजो सोमबार देखि हराइरहेका दुवै बालकको आज मंगलबार बिहान स्थानीयहरुले पोखरीमा मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले जानकारी दिएका छन्। प्रहरीले आवश्यक प्रक्रिया पुरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा लगेको छ ।

साथै यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित