असार १७,डेस्क। खोटाङमा छात्रामाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना शिक्षक पक्राउ परेका छन् ।
हलेसी तुवाचुङ नगरपालिका-११ राजापानी बस्ने ५८ वर्षीय शम्भु प्रसाद घिमिरेलाई हिजो आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
शम्भुले ती बालिकालाई गत जेठ ५ गतेदेखि पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी चिसापानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । साथै यस घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





