सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको बस धनुषामा दुर्घटना

|

असार १७, डेस्क। सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको बस धनुषामा दुर्घटना हुदा १३ जना घाइते भएका छन्।

जन्ती बोकेको बस सर्लाहीबाट लहान जाँदै गरेको ना ४ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहाको सडक छेउमा पल्टेर दुर्घटना हुदा १३ जना घाइते भएका छन्।

राति ९ बजेतिर सडकमा हिँडिरहेका एकजना पैदल यात्रुलाई जोगाउन खोज्दा बस पल्टिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अबाले जानकरी दिएका छन्। उनका अनुसार दुर्घटनामा १३ जना घाइते भएका छन्। एक जनालाई अलिक बढी चोट लागे पनि १२ जनाको अवस्था सामान्य छ।

उनीहरुको गोदार स्थित रिया पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात बस चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको छ । साथै यस घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित