असार १७, डेस्क। सुर्खेतमा पहिरोले पुरिंदा एक जना बालकको घटनास्थलमै मृत्यु भएको छ। भने एक जना घाइते भएका छन्।
सुर्खेतको भेरी नगरपालिका-४ इवरमा पहिरोले पुरिंदा रमेश विकको पाँच वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिएका थिए ।
उक्त घटनामा प्रिन्सको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब निरीक्षक विष्टले बताए । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । भने यस घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।





