नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाए पदाधिकारी बैठक

|

असार १६, डेस्क। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

नेपाली कांग्रेस सभापति देउवाले भोलि सोमबार दिउँसो ३ बजे बूढानीकण्ठस्थित आफ्नो निवासमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।

बैठकमा १५ असारबाट समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुने कांग्रेस मुख्‍यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

चर्चित समाचार


भर्खरै प्रकाशित