विश्वकप फाइनलमा आज भारत र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा

|

असार १५, डेस्क। आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको उपाधिका लागि आज शनिबार भारत र दक्षिण अफ्रिकाबिच भिडन्त हुनेछ ।

आजको फाइनल खेल क्यारेबियन राष्ट्र बार्बाडसको राजधानी सहर ब्रिजटाउनस्थित केनसिङ्टन ओभलमा नेपाली समयअनुसार, राति २०ः१५ बजे सुरु हुनेछ ।

वेस्टइन्डिजको गयानामा गएराति भएको खेलमा भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १६.४ ओभरमा सबै विकेट गुमाएर जम्मा १०३ रन बनायो । यससँगै इङ्ल्याण्ड सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो । यस्तै पहिलो सेमिफाइनलमा बिहीबार बिहान अफगानिस्तानलाई ९ विकेटले हराएर दक्षिण अफ्रिकाले फाइनलमा स्थान बनाएको थियो ।

दक्षिण अफ्रिका पहिलोपटक फाइनल पुगेको हो भने भारत सन् २००७ मा आयोजित पहिलो संस्करणको विजेता हो।

चर्चित समाचार


भर्खरै प्रकाशित